कैलाली, १६ जेठ ।। कैलालीमा सवारीको गति मापन गर्ने ‘लिडार स्पिड’ गनको प्रयोग सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापन गरि सवारीसाधनको गति नियन्त्रण गर्नका लागि ‘लिडार स्पिड’ गनको प्रयोग गरेको हो ।
सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको हो । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्ददै गएको छ ।
सवारी चलाउदा हुन सक्ने ठुलो दुर्घटना तथा धनजनको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा लिडार स्पिड गनको प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहले जिल्ला ट्राफिक प्रहरीको कमान्ड सम्हाले यता जिल्लामा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सुधार भएको छ ।

