Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सिसैयावासीहरु द्धारा स्वागत तथा सम्मान

0

पहलमानपुर, १३ जेठ ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका जनप्रतिनिधीहरुलाई एक कार्यक्रमका विच शुक्रवार स्वागत तथा सम्मान गरिएको छ । नगरपालिकाको वडा नं. ११ स्थित सिसैया टोलका स्थानियहरुले नव निर्बाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेका हुन् ।

गाउँका भल्मन्सा नरेश चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत रहेका थिए भने विशिष्ट अतिथी घोडाघोडी ११ का वडा अध्यक्ष दान सिंह जोशी रहेका थिए ।

स्थानिय युवा, ब्यवसायी लिखराम चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा सो गाउँका पुर्व भल्मन्सा सियाराम चौधरी, महादेव सामुदायिक बनका अध्यक्ष पहारी लाल चौधरी, पहिचान युवा क्लबका अध्यक्ष टीआर कठरिया, शिक्षक यज्ञराज जोशी, समाजसेवि, बुद्धिजिवी लोकराज भट्टराई लगायत स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खडक रावतले आफुलाई विश्वास गरि घोडाघोडी नगरबासीले नगर संचालनको जिम्मेवारी प्रदान गरेकाले सो जिम्मेवारी गम्भिरतापुर्वक सबै सँग हातेमालो र सहकार्य गरि पुरा गर्ने बताए ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत, वडा नं. ११ का वडा अध्यक्ष दान सिंह जोगी लगायतका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको कार्यक्रमको संचालन पुरन चौधरीले गरेका थिए ।

Mayaram
School
टिप्पणीहरू
Loading...