पहलमानपुर, १२ जेठ ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका नवनिर्बाचित जनप्रतिनिधीहरुलाई एक कार्यक्रमका विच बधाई तथा स्वागत गरिएको छ । नगरको वडा नं. १० लठैयामा रहेको अमर शहिद समृति आधाभूत विद्यालय परिवार द्धारा जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख खडक रावत, उपप्रमुख गुलिया कुमारी चौधरी, वडा नं. १० का वडा अध्यक्ष विजयराज स्वाँर, सदस्यहरु रोहित बम, जालुराम चौधरी, महिला सदस्य जय कुमारी चौधरी र दलित सदस्य मिना कुमारी वि.क. लाई सम्मान गरिएको थियो ।
सो विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुले नवनिर्बाचित जनप्रतिनिधीहरुलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना सहित स्वागत गरेको विद्यालयका प्रध्यानाध्यापक खुशीराम चाैधरीले बताए ।

