Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा बस दुर्घटनाः घाइते मध्ये एकको मृत्यु 

0

कैलाली, १० जेठ ।। कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो।

दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका ०२ बस्ने २० वर्षीय पारस खत्री रहेको प्रहरीले बताएको छ।  प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो।

गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ। 
 

School
टिप्पणीहरू
Loading...