Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीको वडा नम्बर २ मा काँग्रेसको पुरै प्यानल विजयी

0

कैलाली, १ जेठ ।। कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमसँगै वडा नम्बर २ को वडा अध्यक्षमा विकास चौधरी सहित उनकोे पुरै प्यानल विजयी भएका छन् ।

नेपाली काँग्रेसले वडा नम्बर १ मा पनि विजयी हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार ध्वजहरिपाल बोहराले १ हजार १५ मत ल्याएर विजयी भएका हुन् । वडा सदस्यमा क्रमशः लिलापति चौधरी, पुष्पा भूल, तुलसी प्रसाद चौधरी र सिकारी चौधरी विजयी भएका हुन् ।

अध्यक्ष बोहराले आफ्ना प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बालकृष्ण डगौरालाई पराजित विजयी भएका हुन् । निवर्तमान अध्यक्ष रहेका डगौराले ६६० मत ल्याएका छन् । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी पुरै प्यानल विजयी भएका थिए ।

जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो गाउँपालिकामा २८ हजारर ६९७ मत खसेको छ ।

School
टिप्पणीहरू
Loading...