Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टीकापुरमा रेशम चौधरीको पार्टीबाट वडा अध्यक्षमा थारु विजयी

0

कैलाली, ३१ बैशाख ।। गत पुस २० गते मात्रै दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ ।

सत्तारुढ गठबन्धनसहित पुराना दलहरूका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार बीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो ।

वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

School
टिप्पणीहरू
Loading...