Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी किल्ला भजनीमा एमाले अगाडि, रेशमको पार्टी जित्ने सम्भावना

0

कैलाली, ३१ बैशाख ।। भजनी नगरपालिका वडा नम्बर ९ मा एमालेका मेयर, उपमेयर सहितका सबै उम्मेदवार अगाडि देखिएका छन् ।एमालेलाई रेशम चौधरीकी श्रीमति अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले पछ्याएको छ । सो पार्टीले २१० मत पाएको छ ।

भजनीमा माओवादीका उम्मेदवार शेरबहादुर चौधरीले ४७ मत पाएका छन् । उनलाई काँग्रेस र एकीकृत समाजवादीको पनि समर्थन छ । वडा नम्बर ९ मा २९२८ मत खसेको छ तीमध्ये अहिले प्यानल मत मात्र गणना गरिएको हो । अव क्रस मत गणना हुने बताइएको छ ।

सो वडामा अघिल्लो चुनावमा माओवादीले झण्डै एकलौटी जस्तो मत पाएको थियो । भजनीमा नागरिक उन्मुक्ती पार्टीले केवल चौधरीलाई मेयर र राजू तिरुवालाई उपमेयर उठाएको छ । यस्तै एमालेले हर्कबहादुर बुढालाई मेयर र तुलसी चौधरीलाई उपमेयर उठाएको छ ।

गठवन्धनले माओवादीका शेरबहादुर चौधरीलाई मेयर र काँग्रेसका गोकेन्द्र भण्डारीलाई उपमेयर उठाएको छ ।

School
टिप्पणीहरू
Loading...