Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा चुनावका बेला मदिरा बिक्री वितरण गर्न रोक

0

धनगढी, २४ वैशाख ।  कैलालीमा २७ गते मङ्गलवार रातिदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ ।

शनिवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण निषेध गरिने जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिनेसमेत जनाएको छ ।  

48FA0D9B_FD59_4F8A_A645_C14A116EC293.jpeg
dukhiram
School
टिप्पणीहरू
Loading...