Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आचरण विपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरी बर्खास्त

0

काठमाडौँ,२४ वैशाख  । आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा मादक पदार्थ सेवन गर्ने, अरूलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए ।

rmkumar

कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैर व्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको केसीले बताए।

सरकारले निर्वाचन प्रयोजनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू ४० दिनसम्म खटिनुपर्छ । उनीहरूका लागि सरकारले ४४ हजार ४४० रुपैयाँ तलब तोकिएको छ ।

School
टिप्पणीहरू
Loading...