पहलमानपुर, २२ बैशाख ।। बर्दगोरिया गाउँपालिकामा गठबन्धनको अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया (अमर) र उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरि (लाल दीप) को नेतृत्वमा बर्दगोरिया को वडा नं. ५ मा तिब्र रुपमा प्रचार प्रसार सुरु गरेका छन् । चुनाबी अभियानका क्रममा वडा नं. ५ को छराही, बैदीपुर र भुरुवा गाऊँमा घरदैलो कार्यक्रम गरिएको वड़ा अध्यक्ष पदका उम्मेदवार हरीराम चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष शेर बहादुरका अनुसार यदि आफुले जीते यस बर्दगोरिया गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने, खानेपानी देखी युवा स्वरोज़गार सम्मलाई फाइदा पुग्ने, अव्यवस्थित बस्तीको वैज्ञानिक व्यवस्थापन गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बस्तिलाई लालपुर्ज़ा, स्वच्छ र सफ़ा वातावरणमैत्री गाउँपालिका, कृषी र उत्पादनमा विशेष अनुदान, प्राविधिक शिक्षा र बहुमुखी क्याम्पसका लागि विशेष ज़ोड, बज़ार व्यवस्थापन, ढलनिकास र सहरीकरण, आम जनताको स्वस्थ्य विमा र निशुल्क उपचार, बर्दगोरिया गाउँपालिकामा खेलकुदको लागि रंगशाला र खेलमैत्री बनाउने, भ्रष्टचार मुक्त गाउँपालिका र गाउँकार्यपालिका बनाउने, पर्यटकिय क्षेत्र बर्दगोरिया, पिरुवा र पुरैना तालको प्रवर्द्धन र प्रचार प्रसार पालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयलाई गुणस्तरिय बनाईने कुरामा ज़ोड दिएका छन् ।
