Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

गठबन्धनको चुनावी अभियान देउसी जस्तै देखिन्छ : ओली

0

कञ्चनपुर, २२ बैशाख ।। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गरेका छन् ।

बिहीबार कञ्चनपुरको बेलौरीको खुल्ला मञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘अरुका सभा घरदैलो देउसी जस्तै देखिन्छ । अरुका जस्ता ससाना कार्यक्रम हामीले गर्नुहुँदैन ।’

ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन कि भनेर झस्कने गरेको बताए ।

‘एमालेसँग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसँग एक्लै लड्न सकिँदैन, ठूलो छ भनिरहेका छन् ।’

amale final
School
टिप्पणीहरू
Loading...