Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जनज्योती नेपाली समाज भारतको पहिलो प्रगति प्रतिवेदन सार्बजनिक, ३ लाख ८० हजार बराबरको सहयोग

0

पहलमानपुर, २० बैशाख ।। जनज्योती नेपाली समाज भारतले आफ्नो पहिलो बार्षिक प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ । भारतको हरियाणा राज्यको गुडगावँ सेक्टर ५७ मा बसेको संस्थाको बैठकमा प्रतिबेदन सार्बजनिक गरिएको हो ।

उक्त संस्थाका अध्यक्ष प्रेम सिंहले प्रस्तुत गरिएको २०१९ देखि २०२१ सम्मको प्रगति प्रतिवेदनमा १५ वटा साना ठुला सहयोग कार्यक्रम संचालन गरेको उल्लेख गरिएको छ । विशेषतया संस्थाले स्वास्थ्य उपचारबाट बञ्चित विपन्न परिवार, बाढी पहिरो, दैबि प्रकोपबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरेको हो ।

amale

यस्तै कोरोना महामारीको समयमा विभिन्न किसिमका स्वास्थ्य सामाग्री, रक्तदान लगायत गरि सो संस्थाले हाल सम्म ३ लाख ८० हजार बराबरको मानव सेवामा खर्च गरेको प्रतिवेदनमा देखाईएको छ ।

रोजगारीका लागि भारतमा बस्दै आएका नेपालीहरु द्धारा मानव सेवाका लागि संचालित जनज्योती नेपाली समाजमा ५५ जना सदस्यहरु संगठित रहेको संस्थाका सचिव टेक बहादुर कडायतले बताए । २०१९ मा स्थापना भएको सो समाजले आफ्नो स्थापनाकाल देखि नै दुखि, गरिव र बेहाराहरुलाई आर्थिक तथा अन्य सहयोग गर्दै आईरहेको छ ।

School
टिप्पणीहरू
Loading...