Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

काँग्रेसले दियो ३ जना कठरियालाई पालिका हाँक्ने अवसर

0

टीआर कठरिया, १८ बैशाख ।। नेपाली काँग्रेसले ३ जना कठरिया थारु समुदायका राजनिज्ञहरुलाई पालिका हाँक्ने अवसर प्रदान गरेको छ । जिल्लाको बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा सो पार्टीले कठरिया थारु समुदायको तर्फबाट प्रमुख पदमा उम्मेदवार बनाई पालिका हाँक्ने अवसर प्रदान गरेको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिकामा शेर बहादुर कठरिया ‘अमर’, जोशीपुर गाउँपालिकामा बंशराम कठरिया र जानकी गाउँपालिकामा परशुराम महतो कठरियालाई पालिका अध्यक्षमा काँग्रेसले चुनावी मैदानमा अग्रसर हुने अवसर प्रदान गरेको हो ।

कैलालीमा सत्ता गठबन्धन अन्तर्गत ३ दल विच चुनावी तालमेल भएको थियो । सोहि तालमेल अनुसार जिल्लाको १३ वटा स्थानिय तहहरु मध्ये नेपाली काँग्रेसले ७, माओवादी केन्द्रले ४ र नेकपा एकिकृत समाजवादीले २ पालिकामा नेतृत्वको उम्मेदवार चुनावी मैदानमा अग्रसर गराउने सहमति भएको थियो ।

जस अनुसार नेपाली काँग्रेसले आफ्नो ७ पालिका मध्ये ३ पालिकामा कठरिया थारुहरुलाई राजनैतिक दक्षता र क्षमताको आधारमा उम्मेदवार बनाएको हो तर अन्य कुनै पनि पार्टीले कठरिया थारु समुदायका राजनिज्ञहरुलाई पालिका प्रमुखमा उम्मेदवार बनाएका छैनन् ।

भाषा, संस्कृति र पहिचानको दृष्टिकोणले धनि मानिए तापनि राजनैतिक अधिकारबाट बञ्चित समुदायलाई अवसर दिने पार्टी र नेतृत्वलाई कठरिया समुदायले साकारात्मक रुपमा मुल्यांकन गरिरहेको बुद्धिजिवी गंगाराम महतौंले बताए । उनले भने सम्भवत् कठरिया समुदाय यति ठुलो राजनैतिक अवसर पाएको पहिलो पटक हो ।

यस्तै ३ पालिका सहित वडाहरुमा समेत काँग्रेसले अन्य पार्टीको तुलनामा धेरै संख्यामा वडाध्यक्षको उम्मेदवार बनाएको छ । सो पार्टीले जोशीपुर गाउँपालिका वडा नं. ३ मा किशोर कुमार कठरिया, भजनी नगरपालिका वडा नं. ७ मा अमर बहादुर कठरिया, कैलारी गाउँपालिका वडा नं. ८ मा तारामल कठरिया, लम्कीचुहा नगरपालिका वडा नं. १० मा हर्क बहादुर कठरिया, घोडाघोडी नगरपालिका वडा नं. ११ मा राजकुमार कठरिया लगायतलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो ।

यस अघि २०७४ सालको स्थानिय तहको निर्बाचनमा काँग्रेसको नेतृत्व गरि १ पालिका उपाध्यक्ष र ३ वडाध्यक्षको जिम्मेवारी कठरिया थारु समुदायले सम्हाली सकेका छन् ।

Jay Bajrang
School
टिप्पणीहरू
Loading...