Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लव नेतृत्वको नेकपाको अपिल

0

काठमाडौं, १८ बैशाख ।। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् । 

स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने  र सहयोग गर्ने पार्टीको  नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

अपिलमा भनिएको छ, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीतिअनुसार  २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’ यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । 

amale
School
टिप्पणीहरू
Loading...