पहलमानपुर, १७ बैशाख ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ४ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका बिन्तिराम थारुले खरायो चुनाव चिन्ह पाएका छन् । शनिबार निर्वाचन अधिकृतकाे कार्यालय घाेडाघाेडीले थारुलाई चुनाव चिन्ह खरायो दिएकाे हाे ।
नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगर कमिटी सचिवालय सदस्य तथा वडा नं. ४ इन्चार्ज समेत रहेका थारुले बैशाख १२ गते वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टी भित्रबाटै वडाध्यक्षमा आकांक्षा राखेका थारुले अवसर नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएका थिए ।
उनले आफुले कसैकाे विरुद्धमा उम्मेदवारी दिएकाे नभएर यस क्षेत्रका गरिव, विपन्न, पछाडि पारिका समुदायको हक, हितकाे लागि उम्मेदवारी दिएकाे बताए । नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीको गद्दारी र गैरजिम्मेवार कदमका कारण थारु स्वतन्त्र उम्मेदवारी दिन बाध्य भए पनि पार्टी को वडा कमिटिले एक ढिक्का भएर बहुमत का साथ उनलाई जिताउने निर्णय गरेको वडा पार्टी सदस्य तथा वाईसिएल ईन्चार्ज राम प्रसाद पन्त ‘संघार’ ले बताए ।

