Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घाेडाघाेडी ११ काे वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पंडित कठरियाले पाए ‘धारा’ चुनाव चिन्ह

0

पहलमानपुर, १७ बैशाख ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका पंडितराम कठरियाले धारा चुनाव चिन्ह पाएका छन् । शनिबार निर्वाचन अधिकृतकाे कार्यालय घाेडाघाेडीले कठरियालाई चुनाव चिन्ह धारा दिएकाे हाे ।

नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगर कमिटी सदस्य तथा याेङ्ग कम्युनिष्ट लिग (वाईसियल) नगर संयाेजक समेत रहेका कठरियाले बैशाख १२ गते वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पार्टी भित्रबाटै वडाध्यक्षमा आकांक्षा राखेका कठरियाले अवसर नपाएपछि स्वतन्त्रमा उम्मेदवारी दिएका थिए ।

उनले आफुले कसैकाे विरुद्धमा उम्मेदवारी दिएकाे नभएर यस क्षेत्रका गरिव, विपन्न, पछाडि पारिका समुदायको हक, हितकाे लागि उम्मेदवारी दिएकाे बताए । कठरिया २०७४ सालमा भएकाे स्थानिय तहकाे निर्वाचनमा नेकपा (माओवादी केन्द्र) काे प्रतिनिधित्व गर्दै घाेडाघाेडी ११ काे वडाध्यक्षमा चुनावमा सहभागी भएका थिए ।

Jay Bajrang
School
टिप्पणीहरू
Loading...