Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको जोशीपुरमा जेठ २ देखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुँदै

0

कैलाली, १७ बैशाख ।।  कैलालीको जोशिपुर गाउँपालिकामा ९ औं जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।पालिकाको वडा नम्बर ३ स्थित लक्कडमा बिगतका वर्ष जस्तै यस वर्ष पनि फुटबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता यहि जेठ २ गते देखि हुने भएको आयोजक कोपिला युवा समाजका अध्यक्ष रामकुमार कठरियाले जानकारी दिएका छन । अध्यक्ष कठरियाका अनुसार प्रतियोगिताका टिम दर्ता खुलिसकेको छ । टिम दर्ता फि ९९९ रुपैया रहेको छ  ।

प्रतियोगिताको बिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया हात पार्ने छ । यस्तै दोस्रो हुने टिमले २५ हजार ५ सय ५५ हजार प्राप्त गर्ने छ ।

School
टिप्पणीहरू
Loading...