चौमाला, ८ बैशाख ।। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीको गौरीगंगा नगरपालिका स्थित पुरानो चौमाला बजारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
नगरपालिकाको कृषि शाखा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गौरीगंगा नगरपालिकामा निराजन पाण्डे निर्वाचन अधिकृत तोकिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना अवसरमा , नगरपालिकाका कर्मचारी, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
