Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पल शाह प्रकरण : बालिकाले बयान फेरिन्

0

काठमाडौँ, ४ वैशाख । कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् ।

तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् ।

एक कानुन व्यवसायीका अनुसार अरुको उक्साहटमा आफूले उजुरी दिएको तर वास्तवमा बलात्कार नभएको भन्ने खालको व्यहोराको बकपत्र गरेकी छन् । बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ । पीडितहरुले दबाबमा परेर विगतमा पनि अदालतमा बयान फेरेका घटना छन् । अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

बालिकाका बुबाले गत फागुन ११ मा तनहुँ प्रहरीमा आफ्नी छोरीमाथि बलात्कार भएको भन्दै कलाकार शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि कलाकार शाह पुर्पक्षका क्रममा थुनामा छन् ।

School
टिप्पणीहरू
Loading...