Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा जसपा सहित ४ दलले गठबन्दन गर्ने

0

धनगढी, ३ बैशाख/ सत्ता गठबन्धनसंग रहेको जनता समाजवादी पार्टीले कैलालीमा गठबन्धन तोड्दै अन्य दलहरुसंग चुनावी तालमेल अघि बढाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र संघिय लोकतान्त्रिक पार्टीबिच गठबन्धन गर्ने निर्णय भएको जसपाका कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिएका छन् ।

अधिकार र पहिचानवादी दल एक भई आगामी स्थानीय तहको निवार्चनमा चुनावी तालमेल गरेर अघि बढने बताएका छन् । थरुहट÷थरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुलाई साक्षी राख्दै शनिबार पत्रकार सम्मेलन गरेर अधिकार र पहिचानका आन्दोलनरत संघर्ष समितिबिच चुनावी तालमेल गर्ने घोषणा गरिएको हो ।

‘हामी चार दलमात्र होइन । रेश्म चौधरी पत्नीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी लगायत अन्य साना तथा ठुला दलहरुसंग पनि चुनावी तालमेल गर्ने छौं’ जसपाका कैलाली अध्यक्ष कुश्मीले भने –‘यसबारे हामीले छलफल तथा वैठकहरु जारी राखेका छौं ।’थारु नेता लक्ष्मणले कैलालीका १२ वटा स्थानीय तहमा चार वटा दलको उम्मेदवार रहने बताए । ‘गठबन्धनमा आएका दलहरु आन्दोलनसंग केन्द्रितमा छौं’ उनले भने –‘थरुहट/थारुवान राष्ट्रिय मोर्चाको पूर्ण समर्थन, पूर्ण एक्येवद्धता र यो गठबन्धनलाई चुनावमा पठाउने, जिताउनेमा जोड दिनेछौं ।’ उनले आन्दोलनमा उठाईरहेका माग मुद्धाहरुलाई सम्बोधन गराउन मोर्चाबन्दी गरेर अघि बढेको बताए ।

‘जसपा सत्ता गठबन्धनमा थियो । आजदेखि सो पार्टीले त्यो गठबन्धन तोडेर आन्दोलनरत दलसंग गठबन्धन गरेको छ’ उनले भने ।जनता समाजवादी पार्टीका अध्यक्ष कुश्मीले धनगढी उपमहानगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा अरु दलसंग गठबन्धन गर्न केन्द्रबाट कुनै रोकटोक नरहेको बताए । ‘धनगढी उपमहानगरपालिकाको उम्मेदवारको टुङ्गो र चुनावी तालमेलबारे केन्द्रले गर्छ’ उनले भने –‘अन्य स्थानीय तहमा जिल्लालाई अरु दलसंग गठबन्धन तोड्ने वा गर्नेबारे कुनै रोक टोक छैन ।’

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य होरिलाल चौधरीले सत्ता गठबन्धनमा ठुला नेताहरुको हावी भएको बताए । ‘हाम्रा मागको सुनुवाई गर्न कोही इच्छुक छैनन’ उनले भने –‘हामीले केन्द्रिय गठबन्धन किन मान्ने ?’ उनले विगतदेखिनै संधिवान संशोधन गर्न दबाब दिँदा पनि कुनै सुनुवाई नभएको गुनासो व्यक्त गरे ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उपाध्यक्ष शर्मिला बागचनले पहिचान र अधिकारका लागि संघर्षरत दलहरु एक ठाउँमा उभिनोको विकल्प नभएपछि सो गठबन्धन गरिएको बताइन ।नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष भानुराम थारुले गठबन्धनको निति निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताहरुलाई पालना गर्न आग्रह गरे ।

चार दलबिच चुनावी तालमेल गर्ने निर्णय भएपनि कुन स्थानीय तह र वडामा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेबारे टुङ्गो लागेको छैन । नेता लक्ष्मणले भने –‘हामी छलफलमै छौं । एक हप्ताभित्र उम्मेदवारहरुको पनि टुङ्गो लाग्छ ।’

School
टिप्पणीहरू
Loading...