राजेन्द्र कठरिया, ३ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैयामा रहेको पशुपति सामुदायिक वन क्षेत्रमा गर्मीयाममा हुन सक्ने बनडढेलोबाट जोगाउन अग्नी रेखा निर्माण गरिएको छ ।
साे सामुदायिक बनका कार्यसमिती, अनुगमन समिती, सल्लाहकार समिती सदस्यहरुकाे सहभागिता तथा सहयाेगमा अग्नि रेखा निर्माण गरिएको हाे । बर्षेनी गर्मि माैसम लागे सँगै जंगलमा डढेलाे लागेर जंगलमा रहेका साना साना बाेट बिरुवाहरु तथा जंगलि जीबजन्तु जलेर जंगलमा ठुलाे हानी नाेक्सानी हुने गर्दछ ।
सोहि जाेखिमलाई मध्यनजर गर्दै बन जंगललाई डढेलाे लाग्नबाट जाेगाउन अग्नि रेखा तथा फरलाइन सरसफाईकाे कार्य गरिएकाे साे बनका अध्यक्ष बालकराम कठरियाले जानकारी गराए । यस प्रकारकाे सरसफाई कार्य बर्षेनी गरिदै आएकाे तथा कार्यसमितिका सदस्यहरु समय समयमा जंगलमा गई निरिक्षण तथा अनुगमन समेत गर्ने गरेकाे साे वनका सचिव जानकी कठरियाले बताए ।
