Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कुरा नमिले गठबन्धन भित्रबाटै कांग्रेससँग पनि प्रतिस्पर्धा हुनसक्छ : प्रचण्ड

0

काठमाडौँ, २ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्। उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको एक स्थायी समिति सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले सकेसम्म गठबन्धनमा तलसम्मै तालमेल गरेर जाने विषयमा छलफल भएको बताए। ‘चुनबारे अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ महराले भने, ‘गठबन्धन समेसम्म तलसम्म गरेर जाने भन्ने कुरा उहाँले राख्नुभयो । तलबाट आएको रिपोर्ट अनुसार माथिबाट टुंग्याइन्छ भनेर उहाँले भन्नु भएको छ।’बैठकमा विभिन्न पार्टीबाट आउनेहरुलाई दिने भूमिकाबारे पनि छलफल भएको महराले जानकारी दिए।

विभिन्न पार्टीबाट आउनेहरुमध्य वामपन्थी पृष्ठभूमि भएकालाई अलि माथिल्लो तहसम्मको जिम्मेवारी दिने र अरुलाई मिलाएर लैजाने निर्णय भएको उनले बताए। बैठकमा ७ वटै प्रदेशका इन्चार्जहरूले पार्टी र तालमेलको अवस्थाबारे जानकारी गराएका थिए।

School
टिप्पणीहरू
Loading...