कैलाली, २ बैशाख ।। कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ मझराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका प्रहरीले बताएको छ ।
उनलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
