Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सन नेपाल द्धारा सुखडमा अभिकर्ता भेंटघाट तथा सम्मान कार्यक्रम

0

पहलमानपुर, २६ चैत ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा अभिकर्ता भेंटघाट तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । जिल्लाको विभिन्न स्थानहरुमा भैरहेको कम्पनीको नियमित कार्यक्रम अनुसार आज कैलालीको सुखडमा भेंटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको बिशेष उपस्थितीमा भएको कार्यक्रममा सुखड, मसुरिया र भजनी उपसाखामा कार्यरत अभिकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख अर्यालले जिवन बिमाको बारेमा प्रकाश पार्नु भएको थियो ।

नियमित तथा सक्रिय रुपमा अभिकर्ता पेशालाई निर्बाह गरिरहेका तिन वटै साखामा कार्यरत दुई दर्जन भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरिएको कार्यक्रममा सो कम्पनिमा कार्यरत ५० भन्दा बढि अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी साखा प्रमुख चन्द्रकान्त जैशी, सुखड उपसाखा प्रमुख शाहदेव चौधरी, मसुरिया उपसाखा प्रमुख प्रदिप चौधरी, भजनी उपसाखा प्रमुख नवराज बुढा लगायतको समेत उपस्थिती रहेको थियो ।

School
टिप्पणीहरू
Loading...