Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मसुरिया स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सुरु

0

२३ चैत्र, मसुरिया कैलाली ।। मसुरिया स्वास्थ्य चौकीमा बुधबारबाट एम्बुलेन्स सेवा सुरुवात भएको छ । गौरीगंगा नगरपालिका वडा नं ९ मा रहेको मसुरिया स्वास्थ्य चौकीमा आज एक कार्यक्रमका बीच वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारीले एम्बुलेन्सको पुजा गरी स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको १६ लाख रुपैयाँको सहयोगमा एम्बुलेन्स खरिद गरिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताएका छन् । दुई बर्ष अगाडि देखि एम्बुलेन्स ल्याउने प्रयासले हाल आएर सार्थकता पाएको बताउँदै वडा अध्यक्ष तिवारीले जटिल स्वास्थ्य उपचारका लागी आपतकालिन स्वास्थ्य सेवा र उपचारका लागि सबैले लाभ पाउने विश्वास व्यक्त गरेका थिए ।

School
टिप्पणीहरू
Loading...