Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा भिड्दै

0

काठमाडौं, २३ चैत । अभिनेता भुवन केसी पनि आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा भिड्ने भएका छन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् ।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।पछिल्लो समय कलाकाहरु विभिन्न पार्टीमा आबद्ध भइ चुनावी तयारी गरिरहेका छन् । केही समयअघि अभिनेतृ करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् ।

School
टिप्पणीहरू
Loading...