Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

फेरि बढ्यो पेट्रोलको मूल्य, १ लिटरको १६० रुपैयाँ कायम

0

काठमाडौँ, २३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

Petrol
School
टिप्पणीहरू
Loading...