Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राना थारु विद्यार्थी समाज कैलाली -कञ्चनपुरको तदर्थ कार्यसमितिको अध्यक्षमा सुरज राना

0

कञ्चनपुर, २२ चैत । राना थारु विद्यार्थी समाज कैलाली कञ्चनपुरको तदर्थ कार्यसमितिको अध्यक्षमा सुरज राना चयन भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न.७ स्थित परासन गाउँमा भएको छलफलले रानालाई राना थारु विद्यार्थी समाज कैलाली कञ्चनपुरको तदर्थ कार्यसमितिको अध्यक्षमा चयन गरेको हो ।

यस्तै सो छलफलबाट राना थारु विद्यार्थीहरूलाई पुन नयाँ सदस्यता वितरण र पुराना सदस्यता नवीकरण गर्ने, ६ महिना भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो। 

रानाको अध्यक्षमा गठन भएको समितिको उपाध्यक्षमा माया राना, महासचिवमा गोपी राना,सचिवमा श्यामा राना,कोषाध्यक्षमा सरस्वती राना चयन भएका छन् ।  

School
टिप्पणीहरू
Loading...