Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया समुदायलाई मुख्यमन्त्री भट्टको प्रतिबद्धता प्रदेश सरकारबाट हुने काम पुरा गछौं

टिआर कठरिया, ११ चैत्र ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कठरिया समुदायले आफु समक्ष राखेको माग सम्बोधन गर्ने बताएका छन् । शुक्रवार कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा आयोजित बृहत कठरिया साँस्कृतिक होरी महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कठरिया समुदायको सबै मागहरु जायज भएको बताउँदै उनले ति मागहरु मध्यबाट प्रदेश सरकार मातहतका मागहरु यथाशिघ्र सम्बोधन गरिने बताए । साथै प्रदेश सरकारबाट सम्भव नभएका मागहरुको विषयमा भने संघिय सरकार समक्ष सिफारिस गरि आवश्यक सहयोग गर्ने बताए ।

सो महोत्सवमा कठरिया समुदायको मातृसंस्था कठरिया समाज नेपालले समग्र समुदायको हितमा ३ बुंदे ज्ञापनपत्र मुख्यमन्त्री भट्टलाई बुझाएको छ ।

ज्ञापनपत्रमा कठरिया समुदायलाई छुट्टै सुचिकृत गराउनु पर्ने, कैलाली जिल्लामा कठरिया समुदायको प्रमुख बासोबास रहेकाले सो समुदायको पहिचान झल्किने साँस्कृतिक संग्राहलय स्थापना गरिनुपर्ने र कठरिया भाषा, संस्कृति र पहिचानलाई संरक्षण, सम्बद्र्धनमा टेवा पुर्‍याउन रेडियो नेपालको सुदूरपश्चिम प्रादेशिक प्रशारण केन्द्रमा समाचार तथा रेडियो कार्यक्रम प्रशारण गरिनु पर्ने लगायतको माग राखिएको छ ।

कठरिया समुदायले प्रस्तुत गरेको ३ बुंदे ज्ञापनपत्रको बिषयमा जवाफ दिंदै मुख्यमन्त्री भट्टले कठरिया साँस्कृतिक संग्राहलय बनाउने बिषय प्रदेश सरकारबाट सम्भव भएकाले सोको प्रक्रिया अघि बढाउन आफु तयार रहेको प्रतिबद्धता जनाएका छन् । यस्तै जाती सुचिकृत र रेडियो नेपालको बिषय संघिय सरकार मातहतका बिषय भएकाले प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बताए ।

School
टिप्पणीहरू
Loading...