कैलाली, १० चैत्र ।। कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नं. ६ मा कठरिया समुदायलाई ढाेल (बाजा) वितरण गरिएकाे छ । कठरिया समुदायकाे पहिचान बाेकेकाे हाेली पर्वमा नाचिने हाेरी नाचमा प्रमुख बाजाकाे रुपमा बजाईने ढाेल हराउँदै गईरहेकाे समयमा वडा नं. ६ काे कार्यालय पृथ्वीपुरले साे बाजा वितरण गरेकाे हाे ।
कठरिया समुदायले हाेली पर्वमा मुख्यतया यस बाजाकाे प्रयाेग गर्दछन् । साेहि अवसरलाई पारी बिहिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम साँसद नन्द बहादुर साउँद, साे वडाका अध्यक्ष रामकृष्ण डंगाैरा थारुले साे बाजा हस्तान्तरण गरेका हुन् ।
बर्दगाेरिया गाउँपालिकाकाे चालू आर्थिक बर्षकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं. ६ का कठरिया समुदायलाई छनाैट गरि अनुदानमा ढाेल वितरण गरिएकाे हाे । कार्यक्रममा माओवादी केन्द्र बर्दगाेरिया अध्यक्ष राम बहादुर साउँद, दलित मुक्तिमोर्चा बर्दगाेरिया अध्यक्ष ध्वज बहादुर सुनार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

