Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेकपा (माओवादी केन्द्र) घोडाघोडी ११ को ईन्चार्जमा कठरिया

0

पहलमानपुर, ९ चैत्र ।। नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. ११ को ईन्चार्जमा घनश्याम कठरिया चयन भएका छन् । सो पार्टीको नगर कमिटीको निर्णय अनुसार बुधबार कठरियालाई ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो ।

उक्त वडामा रहेका ईन्चार्ज पार्टीको निति, विधी र सिद्धान्त विपरित कार्य गरेकाले उनलाई पदमुक्त गरि नयाँ ईन्चार्जको जिम्मेवारी घनश्याम कठरियालाई प्रदान गरिएको नगर अध्यक्ष खर्गेन्द्र हमालले बताए ।

कठरियालाई आज नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य लाल बहादुर सोडारी ‘दर्शन’, प्रदेश सदस्य नैन बहादुर चौधरी ‘विवेक’, लक्ष्मण चौधरी ‘सुयोग’, नगर अध्यक्ष खर्गेन्द्र हमाल, उपाध्यक्ष गणेश बिष्ट लगायतका नेता कार्यकर्ताहरुले पदभार ग्रहण गराएका हुन् ।

घोडाघोडी नगरपालिका वडा नं. ११ को ईन्चार्जको जिम्मेवारी प्राप्त गरेका कठरिया लामो समय देखि राजनितीमा सक्रिय रहेका छन् । उनले गाउँघरमा हुने विकासका कृयाकलापमा सक्रिय भुमिका निर्बाह गर्दै आई रहेका छन् ।

275766660 513581876797317 3904266609695285315 n
School
टिप्पणीहरू
Loading...