Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया थारु समुदायमा होरीको रौनक

0

गणेश चौधरी, ७ चैत्र ।। कैलालीका कठरिया थारू समुदायको घरघरमा ‘होरी’ नाच चलेको छ । नाचमा केही पुरुषले ढोल बजाउँछन् । त्यही ढोलको तालमा महिला र पुरुष समूहमा हातमा रुमाल हल्लाउँदै ‘होरी’ नाच नाच्छन् ।

होलिका दहनपछि सुरु हुने यो नाच कम्तीमा एक सातासम्म चल्ने जानकी गाउँपालिका–४ का रामबहादुर बडायकले बताए । उनले भने, ‘गाउँको देउताको पूजापाठ गरी नाच सुरु हुन्छ । गाउँका सबैका घरमा गएर यो नाच देखाउँछौं ।’

हिन्दु समुदायका अन्य जातिले मान्ने होली पर्व सकिए पनि कठरिया थारूहरूको होली भने चलेकै छ । पुरुषले धोती, सर्ट र टाउकोमा कठरिया समुदायकै बुट्टेदार टोपी र महिलाले अंगिया र लेहंगा जस्ता परम्परागत पोसाकमा सजिएर सबैका घरमा गई नाच देखाउने चलन रहेको कठरिया थारूहरू बताउँछन् ।

275766660 513581876797317 3904266609695285315 n

कठरिया थारू समुदायले आठौं दिनसम्म ठार्मा, मिचुवा, छुट्टा र खिचडी होरी नाच नाच्ने गरेको बडायकले बताए । घरघरमा होरी नाच्न जाँदा प्रत्येक घरकाले गच्छेअनुसार चामल तथा नगद दान दक्षिणा दिने उनले सुनाए । उनले भने, ‘आठौं दिनमा गाउँको देउथानमा गुरुवाले पूजापाठ गर्छन् । संकलित रकम र चामलबाट होरी नाचको अवसरमा खानपान गरी रमाइलो गर्दै होरी नाच सकिन्छ ।’

सामान्यतया गाउँमा मात्र यो नाच नाचिने भए पनि अरू गाउँकाले पनि होरी नाच्न बोलाएमा जाने गरेको कठरिया थारूहरू बताउँछन् । कठरिया थारूहरूको होरी नाच यो समुदायको प्रमुख नाच भएको जोशीपुर गाउँपालिका–३ का वडाध्यक्ष किशोर कठरियाले बताए ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो नाचबारे नयाँ पुस्ताले खासै चासो लिन नसकेको किशोर कठरिया बताउँछन् । उनले भने, ‘नयाँ पुस्ता आफ्नो धर्म संस्कृति परम्पराभन्दा पनि नयाँ आधुनिक हिन्दी नेपाली गीतमा रमाउने गरेको पाइन्छ ।’ कठरिया थारू समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुर, बर्दियालगायत जिल्लामा यो नाच नाचिने गरेको कठरियाले सुनाए ।कान्तिपुरबाट

School
टिप्पणीहरू
Loading...