Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं, ७ चैत्र ।। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो ।

चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने पनि बताउनुभयो । सङ्घीयताको जग स्थानीय तह भएकोले स्थानीय तहले नागरिकको आकाङ्क्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।’

School
टिप्पणीहरू
Loading...