Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

चुनावमा पत्रकारलाई उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न बन्देज

0

काठमाडौं, ४ चैत्र ।। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ।

आचारसंहिताको परिच्छेद ७ मा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने व्यवस्था गरेको छ।

आचारसंहिताले कुनै राजनीतिक दल, नेता वा उम्मेदवारको दान, उपहार, सहयोग पत्रकारले लिन तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न पनि रोक लगाएको छ।

आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने उल्लेख छ। यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा भने निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छूट दिइएको छ।

School
टिप्पणीहरू
Loading...