कैलाली, १ चैत ।। कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाबाट अध्यक्षमा देवबहादुर बम विजयी भएका छन्। रतनबहादुर कठायतलाई पराजित गर्दै बम अध्यक्षमा विजयी भएका हुन्।
सहकारीको २८ औँ चुनावी साधारण सभाबाट बमले अध्यक्षका प्रत्याशी रतन बहादुर कठायतलाई एकहजार ३ सय मत बढीले पराजित गरेका हुन । बमले ८ हजार ३९१ मत प्राप्त गरेका हुन् भने कठायतले ७ हजार ८३ मत प्राप्त गरेका थिए । त्यस्तै सहकारी को उपाध्यक्षमा ७ हजार ३२९ मतका साथ चेतराज ओझा विजयी भएका छन् ।
सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह विजयी भएका छन्।
यस्तै उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि सदस्यमा विजयी भएका छन्। यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेशप्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन्।
नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा जम्मा १७ हजार ८० मत खसेको थियो ।

