Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

0

कैलाली, ३० फागुन ।। बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।

यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।

निर्माताहरुले ‘बच्चन पाण्डेकी सवारी’ शनिबारबाट सुरु गरेका छन् । यो सवारी १५ मार्चसम्म अलग–अलग स्थानमा चल्नेछ । फिल्मका निर्देशक फरहाद सामजी हुन् ।

School
टिप्पणीहरू
Loading...