Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा ६६ हजार बढी मतदाता थपिए

0

धनगढी, ३० फागुन/ कैलाली जिल्लामा ६६ हजार बढी मतदाता थपिएका छन् । अघिल्लो २०७४ सालको निर्वाचनपछि अहिले ६६ हजार ९ सय ७० जना मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता रहेकोमा अहिले त्यो सङ्ख्या बढेर ५ लाख २७ हजार ५ सय ४८ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार अहिले मतदाता नामावलीमा नाम भएका तर जीवित नभएका व्यक्तिहरूको नाम हटाउने कार्य जारी रहेकाले अहिलेको सङ्ख्यामा १र२ हजार मतदाता घट्न सक्ने सम्भावना रहेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीले मतदाताको अन्तिम नामावली आउँदो चैत्र १३ गते प्रकाशन गर्ने तयारी गरेको समेत प्रमुख भट्टले बताए ।

School
टिप्पणीहरू
Loading...