मसुरिया, २९ फागुन ।। आफु कुनै पार्टीमा प्रवेश नगरेको नेकपा (माओवादी केन्द्र) गौरीगंगा नगर सदस्य तारा बहादुर सार्कीले बताएका छन् । शनिवार एक विज्ञप्ती जारी गर्दै उनले लामो समय देखि नै आफु माओवादी केन्द्र मै रहेको र हाल पनि सोहि पार्टीमा रहेको बताएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ९ स्थित महादेव माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष समेत रहेका सार्की द्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘केहि ब्यक्तिले मन्त्री जि मसुरिया आएकाले विद्यालयको बिषयमा छलफल गरि योजना सम्बन्धमा कुरा गर्नु छ, भनि झुक्काएर कार्यक्रममा लगी आफुलाई नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेको सामाजिक संजालमा प्रचार गरेकाले उक्त बिषय पुर्णतया झुठो र अनावश्यक भ्रम छर्ने कुरा रहि आएको जानकारी गराउँदछु । तसर्थ म नेकपा (माओवादी केन्द्र) मा नै रहेको छु ।’

