Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पल शाहका म्यानेजर पक्राउ

0

काठमाडौँ, २७ फागुन । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्।

नाबालिग बलात्कारको विषयलाई तोडमोड गरेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका जोशीमाथि घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लागेको छ। पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। जोशीले पीडित बालिकालाई डर–धम्की देखाएको, दुर्व्यवहार गर्न खोजेको र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ। तनहुँ प्रहरीका अनुसार पल शाह पक्राउ परेपछि जोशीले विभिन्न युट्युब च्यानलमार्फत अभिव्यक्ति दिँदै आएका थिए।

School
टिप्पणीहरू
Loading...