Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडी ताललाई नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा

0

कैलाली, २७ फागुन । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) शुक्रबार एक कार्यक्रमका बिच गरिएको छ ।

घोषणा कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा बोल्दै भट्टले नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा) क्षेत्र भनेर घोडाघोडी रहेको छ । यसलाई सबैले मिलेर व्यवस्थित तरीकाले अगाडी बढाउनु पर्ने मुख्य मन्त्री त्रिलोचन भट्टले बताए । उनले भने प्रदेश सरकार अन्तरगत पर्ने योजनामा जति लगानी लागे पनि यसमा रहेको भ्यु–टावर बनाउने बताए ।

पर्यटनको विकाससगै सरक्षण गर्नु सबैको उत्तरदायित्व रहेको र पर्यावरण पर्यटनको विकास तीब्र गतिमा अगाढी बढाए यहाँ स्थानीयलाई स्वरोजगार सँगै रोजगारीको पनि विकास हुने मुख्य मन्त्री त्रिलोचन भट्टले बताउनु भयो ।

घोडाघोडी ताल सगै रहेका बन जङ्गल , ताल तलैयाहरु सरक्षण र सम्बद्र्धन गर्दै बन्यजन्तु, चराचुरुङ्गी माध्यम बाट कसरी ापर्यटन बिकाससँगै सरक्षण गरियो भने मात्र यो घोषणाले सार्थकता पाउने छ यसका लागि यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको महत्वपूर्ण भुमिका रहने सुदूरपश्चिम प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका सभापति हर्क कुवरले बताए ।

त्यस्तैै कार्यक्रममा बोल्दै जुलोजिकल सोसाइटी अफ लण्डनका राष्ट्रिय सयोजक एवंम चराबिद डा.हेमसागर बरालले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन । यो सिमसारमा साइबेरिया, मङ्गोलिया लगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका र यहाँ पाइने चरामध्ये ६४ प्रजातिका चराहरु जलपक्षी रहेका छन
विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी बनाइएपछि चरा र उनीहरुको बासस्थान संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘बर्ड सेन्चुरी घोषणापछि संरक्षण सम्बन्धी गतिविधि बढी हुने बताए ।

सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालयको सहकार्य र घोडाघोडी नगरकार्यपालिका आयोजना बर्ड सेन्चुरी घोषणा गरियको हो ।
हाम्रो देशमा अहिलेसम्म एउटा पनि बर्डं सेन्चुरी छैन । प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गर्न गरिएको घोडाघोडी पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताए । ‘बर्ड सेन्चुरी घोषणापछि मुख्य दायित्व पनि प्रदेश सरकारकै हुनेछ’, उनले भने ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तर, चरा अभय आरण्य क्षेत्र करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ ।

मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ । घोडाघोडी सिमसारमा रैथाने प्रजातिको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो । जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन्न ।

मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगिँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी ताल क्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ । बर्ड सेन्चुरी बनाइएमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ ।

बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण घोडाघोडी नगरकार्यपालिका प्रमुख ममता चौधरीले बताए । ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यका साथ यो गौरवको विषय अगाडि बढाइएको हो, उनले भने ‘बर्ड सेन्चुरी यस प्रदेशको एउटा ब्राण्ड नै हुनेछ ।’

प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पद्यात्रा गर्नका लागि निकै महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा नम्बर ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, चरा पर्यटन फष्टाउन नसकेका कारण होमस्टे पनि खासै चलेको छैन ।

बर्ड सेन्चुरी घोषणाले पर्यटन व्यवसाय फष्टाउने स्थानीयको अपेक्षा छ । कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश उधोग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देबेस मणी त्रिपाठीले प्रकास पारेका थिए ।

School
टिप्पणीहरू
Loading...