Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिष्मा मानन्धर

0

काठमाडौं, २६ फागुन ।। एमाले नेता गङ्गा चौधरी र नवराज सिलवालसँगै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी अभिनेत्री करिष्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएकी छिन् ।

डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा सहभागी भएर राजनीतिक यात्रा सुरु गरेकी उनी पछिल्लो केही वर्ष कुनै दलमा लागेकी थिइनन्।

बिहीबार ओलीसँगको भेटपछि उनी अब औपचारिक रूपमा एमालेमा प्रवेश गरेर सक्रिय हुने तयारीमा लागेकी हुन्। एमालेमा सहभागी नभए पनि मानन्धरले सामाजिक सञ्जालमा ओलीको प्रशंसा गर्दै आएकी थिइन्।

कक्षा १२ को परीक्षाको तयारीको क्रममा उनले ओलीले फोन गरेर हालखबर सोधेको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी थिइन्।

School
टिप्पणीहरू
Loading...