Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भारतिय पक्ष द्वारा डोकेबजारमा ‘सिमा रेखा पूजन’ !

0

धनगढी, २६ फागुन/ कैलाली–कञ्चनपुर जोड्ने भारतीय सिमा क्षेत्र डोकेबजारमा भारतिय पक्षले ‘सिमा रेखा पूजन’ गरेका छन् ।

भारतको उत्तरप्रदेश पलिया कला खिरीका स्थानीय सहित भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मी ब्यानरसहित नेपाल–भारत पिल्लर ७५३÷१७१ नम्बरमा पुगेर ‘सिमा रेखा पूजन’ गरेका हुन् । ब्यानरसहित उभिएका सुरक्षाकर्मी, पलियाकलाका नागरिकहरुको उपस्थितिमा सोही पिल्लरमा फूलमाला चडाई, नरिवल फोडी, टीकाटालो लगाई भव्यताका साथ पुजा गरिएको थियो । पुजापश्चात त्यहाँ उपस्थित सोही नागरिकलाई प्रसाद ग्रहण गराइयो थियो ।

मन्दिर, मस्जिद, चर्चमा पुगेर पुजापाठ गर्ने परम्परा हरेक धर्मावलम्बीको रहेको छ तर, सिमामा खडा गरिएको पिल्लरको पुजा यो पहिलो पटकजस्तै देखिएको छ । हिन्दु धर्मावलम्बीले मन्दिर, मुस्लिमले मस्जिद र क्रिष्टियन धर्मावलम्बीले चर्चमा पुजापाठ गरेको हामीले देख्दै आएका छौ । तर, नेपाल–भारत सिमा क्षेत्रमा रहेका हरेक भारतीय नागरिकले नजिकमा रहेको पिल्लरमा हरेक वर्ष एक दिन पुजापाठ गर्दै आएको दृष्य पहिलो पटक हो ।
भारतीय विद्यार्थी, नागरिकसहित सो पिल्लरमा पुगेका उनीहरुले पुजापाठ गरि फर्केका थिए । सिमा सुरक्षा वलका कमाण्डर मुन्ना सिंहले भने –‘हामीले हरेक वर्ष एक दिन सिमाको मुख्य पिल्लरमा पुजापाठ गर्दै आईरहेका छौं ।’ उनका अनुसार सिमा क्षेत्र नजिक रहेका हरेक नागरिकलाई आफनो भुमीबारे जानकारी दिन सो पुजन पुजा गरिदै आएको छ ।

त्रिनगर नाका दशगाजा क्षेत्र हो । भारत तथा नेपालले कुनै पनि पूर्वाधार निर्माण गर्न नपाउने सो क्षेत्रमा भारतीयहरुको ज्यादति बढ्दै गएको नेपालीहरुको दाबी रहेको छ । ‘नेपालीहरुले ठेला गाडा राखेर व्यापार गर्दा भारतीय पक्षहरु हटाउने गर्छन । तर, भारतीयहरुले केही गर्दासमेत नेपाली सुरक्षा वल मौन बस्छन । बिहिबार भारतीय पक्षले पिल्लरको पुजन गर्दै गर्दा नेपाली सुरक्षाकर्मीहरु भने मौन बसेका थिए ।

School
टिप्पणीहरू
Loading...