कैलाली, २५ फागुन ।। किसान परिचयपत्र वितरणका लागि कैलालीको गोदावरी नगरपालिका संग सम्झौता भएको छ । किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपाल र गोदावरी नगरपालिका बिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँद र महासंघका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले हस्ताक्षर गरेका छन ।
उक्त कार्यक्रम केएर नेपालको श्रोत साझेदारी र राष्ट्रिय कृषक समूह महासंघको समन्वयमा संचालिन हुने जनाइएको छ ।
किसान परिचयपत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिएको छ ।
नेपालको संविधान प्रद्धत्त किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्न परिचय पत्र वितरण सुरु गर्न लागिएको जनाइएको छ ।
महासंघका सुदूरपश्चिम अध्यक्ष थापाले कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न; कृषि प्रणालीलाई दिगो बनाउनुका साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाइएको बताए । उनले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने बताए ।
परिचयपत्रको आधारमा किसानलाई सेवा सुविधाका साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि परिचयपत्रले तहगत सरकारलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
