Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र घोडाघोडी ११ भलौवाको अध्यक्षमा गोर्खा रावल

0

पहलमानपुर, २२ फागुन ।। नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. ११ स्थित भलौवा टोलको अध्यक्षमा गोर्खा रावल चयन भएका छन् ।

बिहिवार भएको सो पार्टी समर्थक गाउँलेहरुको भेलाले रावललाई निर्बिरोध टोल कमिटी अध्यक्षमा चयन गरेको हो । उक्त टोल कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा गौरी देवकोटा, सचिवमा महेश कुवंर, सहसचिवमा गिता कुवंर र कोषाध्यक्षमा लक्ष्मण दत्त भट्ट चयन भएका छन् ।

यस्तै २९ सदस्य टोल कमिटीको सदस्यहरुमा कपुरे रावल, जानकी धानुक, बेलमति कुवंर, पशुपति कुवंर, धना कुवंर, खेम बहादुर पौडेल, ध्वज बहादुर कडायत, टेक बहादुर देवकोटा, नर बहादुर डाँगी, अम्मरा बोहरा, पार्वती धानुक, डम्मरा बोहरा, तारा बोहरा, सुना धामी, बिपना कुवंर, कलावति भट्ट, लक्ष्मी रावल, नन्दा देवकोटा, पार्वती पन्त, जुनधारा बम, कल्पना देवकोटा, लोक बहादुर भण्डारी, पुष्कर ऐर, शंकर कुवंर लगायत रहेका छन् ।

कार्यक्रममा आफ्नो बिचार राख्दै नवनिर्वाचित टोल कमिटी अध्यक्ष रावलले भने माओवादी पार्टीले गर्दा नै हामी जस्ता सिधासाधा जनताहरु कसैको डरत्रास नमानिकन बोल्ने अवसर पाएका छौं । यो पार्टी नभएको भए गरिव, पछाडि परेको समुदाय अझै पनि शोषक, शामन्तीका अगाडि शिर निहुराएर बस्नु पर्ने अवस्था हुने थियो । त्यसैले पछाडि परेको बर्ग, समुदाय र क्षेत्रको अधिकार प्राप्तीका निम्ति वास्तवमै निरन्तर संघर्ष गरिरहेको पार्टीलाई पहिचान गरि स्थानिय निर्बाचनमा सहभागि हुन आवश्यक छ उनले भने ।

पछिल्लो समय पार्टीको संगठन बिस्तार र सुदृढिकरणमा सक्रियता बढाएको सो वडा पार्टी कमिटीले विभिन्न टोलहरुमा कमिटी गठन गरिसकेको छ । हामीले हाम्रो वडाका तप्पा, जवलपुर, भलौवा, सिसैया (पुर्ब टोल), मुर्गाहुवा लगायतको टोलमा कमिटी गठन गरिसकेका छौं नेकपा (माओवादी केन्द्र) घोडाघोडी ११ अध्यक्ष जितेन्द्र कुवंर (कपिल) ले भने । उनले गठन गर्न बाँकी रहेका टोलहरुमा समेत संगठन बिस्तारको तयारी भईरहेको बताए ।

School
टिप्पणीहरू
Loading...