Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

काँग्रेस पदाधिकारीको मतगणना सकियो, यस्तो बन्यो भट्टको टिम

0

कैलाली, २० फागुन ।। नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ। सभापतिको मतगणना बिहीबार नै सकिएकोमा आज उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। 

उपसभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए।

सचिवमा बम प्यानलका नृप सुनारले १४९३ र भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अब जिल्ला सदस्यको मतगाणना सुरु हुनेछ।

जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी भइसकेका छन्। उनी दोस्रो चरणको निर्वाचनमा प्रकाशबहादुर बमलाई पराजित गर्दै विजयी भएका हुन्। 

School
टिप्पणीहरू
Loading...