Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी

0

कैलाली, १७ फागुन ।। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ सर्वाधिक मतले विजयी भएका छन् ।

सोमबार भएको मतदानमा उनी अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार समेत रहका सुदूरपश्चिम सरकारका वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजयी भएका हुन् । 

माओवादी केन्द्रका प्रदेश सहइन्चार्ज वीरमान चौधरीका अनुसार राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले ११४ मत ल्याएका थिए भने धामी ९३ मत मात्रै प्राप्त गरेका थिए ।

उपाध्यक्षमा क्रममा मानबहादुर माल १२४, रणबहादुर बुढा १०१ र अक्कल रावलले १०० मत ल्याएर विजयी भएका हुन् । ३ जना उपाध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्ष आकांक्षी प्रेम प्रकाश भट्ट ८८, दुर्गा बडुवाल ३५, लोकबहादुर बोहरा ७२ र मीनबहादुर घर्तिमगर ५६ मतमै सीमित भई पराजित भएका हुन् ।

सचिवमा जनक सिंह बुढा विजयी भएका छन् । उनी सचिवका अर्का उम्मेदवार अमर सिंह चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् । बुढाले १६४ मत प्राप्त गरेका छन् । भने चौधरी ३८ मतमा सीमित भए ।

सहसचिवमा क्रममा नन्दबहादुर साँउद १५७, रामबहादुर देउकर १४६ र अंजिता श्रेष्ठले १०८ मत ल्याई विजयी भएका छन् । ३ जना सहसचिवका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । 

त्यस्तै, कोषाध्यक्षमा कमल कुमारी शाह शाही विजयी भएकी छिन् । शाहीले ११३ मत ल्याएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनिता बिकले ८४ मत मात्रै ल्याएकी थिइन् ।

जम्मा २१० मत मध्ये २१६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिना हुनै लाग्दा समेत पदाधिकारी टुंगो लाग्न सकेको थिएन । सम्मेलन  मंसिर २५ र २६ गते तोकेको थियो । तर पदाधिकारीमा टुंगो लाग्न नसक्दा चुनावी प्रक्रियामा गएको हो ।

School
टिप्पणीहरू
Loading...