Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कांग्रेस कैलाली सभापतिका लागि दोस्रो चरणमा मतदान हुने

0

कैलाली, १६ फागुन ।। कांग्रेस केलाली सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका तिन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

आईतबार भएको मतदानको सोमबार मतगणना गर्दा सभापतिका उम्मेदवार प्रकाश बमले १ हजार १६९, नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त प्राप्त गरेका थिए ।

५० प्रतिशत मत पुग्नका लागि १ हजार २४३ मत आवश्यक थियो । निर्वाचनमा २ हजार ४८६ मत खसेको थियो । अब पहिलो हुने बम र दोस्रो भएका भट्टले प्रतिस्प्रधा गर्ने छन । दुवै जना संस्थापन पक्षका हुन ।

संस्थापन इतर पक्षका कलेल भने बाहिरिएका छन् । दोस्रो चरणको निर्वाचन फागुन १८ गते गर्ने तयारी गरिएको निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीले बताएका छन ।

School
टिप्पणीहरू
Loading...