Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

१६ फागुन, सुखड । कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  वडा नम्बर ३ को आर्थिक सहयोग र दरख स्वास्थ्य चौकीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हो ।

साबिक दरख भल्मन्सा कार्यसमितिको प्राङ्गणमा भएको एक निःशुल्क स्वास्थ्य शिविर बाट १ सय ९२ भन्दा बढी जनाले निःशुल्क रूपमा स्वास्थ्य सेवा लिएको बताइएको छ । चेकजाँचका क्रममा कति पयहरूमा आँखामा मोतीबिन्दुको समस्या देखिएको पाइएको छ ।

शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोग, जनरल फिजिसियन सेवा, मधुमेह (सुगर), थाइराइड र रक्तचापका जाँच गरिएको थियो भने केही औषधीसमेत निःशुल्क वितरण गरिएको थियो । गाउँघरमा यसरी निःशुल्क स्वास्थ्य सेवा लिन पाएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष कमल थारुले बताए । सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाई थियो । 

School
टिप्पणीहरू
Loading...