Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा देखियो बन्दको पुर्ण प्रभाव

0

कैलाली, १६ फागुन ।। एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै सुदूरपश्चिममा पनि यातायात लगायतका सेवा प्रभावित भएका छन्। सोमबार बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय-कलेज, बजार-व्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडीहरु भने चल्न दिने बताएका छन्। ६ दल र २ मोर्चासँगको अनौपचारिक छलफलका क्रममा उनीहरुले सो कुरा बताएका प्रवक्ता जोशीले बताए।

त्यस्तै, कञ्चनपुरमा पनि बजार-व्यवसाय, लामो दुरीका सवारी साधन, विद्यालय, कलेजहरु बन्द गरिएका र बिहान पढ्न गएका विद्यार्थीहरु बन्दले गर्दा फर्किएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला रहने बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय काठमाण्डौंमा बसेको बैठकले एमसीसीको विरोधस्वरुप आज एक दिनका लागि नेपाल बन्द गर्ने निर्णय गरेको थियो। बन्दले सुदूरपश्चिममा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार तथा विद्यालयहरु पनि बन्द छन्। 

School
टिप्पणीहरू
Loading...