Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनीमा अशक्त, अपांगता भएकाहरुलाई घर दैलोमै कोरोना भाइरस विरुद्धको खोप

0

यज्ञराज जैशी, १५ फागुन ।। कैलाली जिल्लाको भजनी नगरपालिका को ९ वटा वडामा अशक्त, अपांगता भएका नागरिकहरुलाई घर दैलोमै कोरोना भाइरस विरुद्धको खोप सेवा प्रदान गरिएको छ । कर्डएड, लुथरन विश्व फेडरेसन नेपाल, दिगो बिकास समाजको संयुक्त साझेदारीमा अशक्त अपांगता भएका नागरिकलाई घर दैलोमै कोरोना भाइरस विरुद्धको खोप सेवा प्रदान गरेको हो ।

जिल्लाको भजनी नगरपालिका स्वास्थ्य शाखाको प्राबिधिक समन्वयममा नगरपालिकाका जेष्ठ नागरिक, पुर्ण अशक्त र अतिअशक्त अपांगता भएका नागरिकहरुलाई घर दैलोमै पुगेर कोरोना विरुद्धको खोप सेवा दिएको छ। अशक्त र असहाय पुर्ण अपांगता नागरिकहरुलाई घर दैलोमै गएर सेवा दिने उद्देश्यका साथ नगरपालिकाका ९ वटा वडामा यो अभियान संचालन गरिएको हो ।

३ दिनसम्म ९ वडामा निरन्तर अभियान संचालन गरेर करिब ५० जना जेष्ठ नागरिक र अपांगता भएका ब्याक्ति अति अशक्त नागरिकलाई खोप दिएको दिगो बिकास का सामाजिक परिचालक श्रृया छेत्रीले बताईन् ।

खोप अभियान फागुन १२ गते भजनि नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरी, भजनी स्वास्थ्य प्रथामिक केन्द्रका अ.न.मि रेनुका राजी, अ.हे.ब रति राम राजी, खडक बहादुर चौधरी त्रिबेणि अपाङ्ग संघ भजनीका अध्यक्ष देबि राम जैशी, सचिब खुसी राम चौधरी ,भजनी नगरपालिका महिला बाल बालिका शाखा प्रमुख रिजु चौधरी , दिगो बिकास समाज भजनीका सामाजिक परिचालक लक्ष्मि चौधरी को उपस्थितमा खोप अभियान कार्यक्रम सन्चालन गरि सम्पन्न गरिएको छ।

School
टिप्पणीहरू
Loading...